भारतले मोबाइल फोनका मुख्य कम्पोनेन्टहरूको आयात शुल्क घटायो | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

भारतले मोबाइल फोनका मुख्य कम्पोनेन्टहरूको आयात शुल्क घटायो

एजेन्सी, १९ माघ ||
भारत सरकारले मोबाइल फोनको मुख्य भागको आयातमा भन्सार महशुल १५ प्रतिशतबाट १० प्रतिशतमा कटौती गरेको संघीय सरकारले बताएको छ । अर्थ मन्त्रालयको राजश्व विभागले यससम्बन्धी आधिकारिक सूचना जारी गरेको हो । भन्सार महशुल घटाइएका वस्तुहरूमा स्क्रु, सिम सकेट, ब्याट्री कभर, मेन कभर, जीएसएम एन्टेना वा मोबाइल फोनका मेकानिकल वस्तुहरू समावेश छन् । इण्डिया सेलुलर एण्ड इलेक्ट्रोनिक्स एसोसिएसन (आईसीईए) ले भारत र अन्य प्रमुख मोबाइल फोन उत्पादक देशहरूमा लगाइने आयात शुल्कमा ठूलो भिन्नता रहेको भन्दै संघीय सरकारसमक्ष प्रतिवेदन बुझाएपछि यो निर्णय गरिएको हो । आईसीईए प्रतिवेदनमा मोबाइल फोनका कम्पोनेन्टमा उच्च भन्सार महशुलले अन्तिम उत्पादनको मूल्य बढेको उल्लेख गरेको थियो । यो कदमलाई भारतको मोबाइल फोन उत्पादन सुविधाहरू थप प्रतिष्पर्धी बनाउन योग्य बनाउने बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);