प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुंग्याउन प्रचण्डको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुंग्याउन प्रचण्डको निर्देशन

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन निर्देशन दिनुभएको छ । पछिल्ला दिनमा दैनिकजसो निर्देशन दिँदै आउनु भएका प्रधानमन्त्री प्रचण्डले बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अन्य मन्त्रीहरू, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारीलाई बोलाएर प्रहरी समायोजनको प्रक्रिया १५ दिनभित्र टुंग्याउन निर्देशन दिनु भएको हो ।

प्रधानमन्त्रीले संघीय कानुन नबनेर प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिनुभयो । संघीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन नसकेको र प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको प्रचण्डले उल्लेख गर्नुभयो ।

यसले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएको अर्कोतर्फ यसैलाई बहाना बनाएर संघीयता विरोधीहरूको आवाज चर्काे भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);