आज पुस २९ गते आइतबार, हेर्नुहोस् राशिफल | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८१, शनिबार

आज पुस २९ गते आइतबार, हेर्नुहोस् राशिफल

काठमाडौं,२९ पुस । आज १४ जनवरी २०२४ आइतबार । यस दिन सूर्य भगवानको पूजा गर्ने चलन छ । यस दिन साँचो भक्तिपूर्वक सूर्यदेवको पूजा गर्ने भक्तजनको मनोकामना पूरा हुने जनविश्वास छ । ज्योतिषीहरुका अनुसार आजको दिन सबै राशिका लागि राम्रो रहनेछ । धेरै राशिका व्यक्तिहरूले आज साँचो प्रेम पाउनेछन् । साथै आजको दिन धेरै राशिका व्यक्तिहरुको लागि हलचलले भरिपूर्ण रहनेछ।

मेष राशि
आजको दिन तपाईको उतार चढावले भरिपूर्ण रहनेछ। तपाई आफ्नो स्वास्थ्यको बारेमा चिन्तित हुन सक्नुहुन्छ। काममा बाधा आउनेछ । कुनै पनि व्यक्तिलाई ठूलो रकम ऋण नदिनुहोस्। परिवारका साथ कतै घुम्न जान सकिनेछ । कतिपय विषयमा मतभिन्नता हुन सक्छ । तर्कबाट टाढा रहनुहोस्। आफ्नो बोलीमा नियन्त्रण राख्नुहोस्।

वृष राशि
आज स्वास्थ्यमा ह्रासको अनुभूति हुनेछ। कुनै विशेष विषयमा मानसिक रूपमा चिन्तित रहन सक्नुहुन्छ। व्यापारमा आज कुनै पनि नयाँ काम सुरु नगर्नुहोस्। पत्नीसँग मतभिन्नता हुन सक्छ। साथै दाजुभाइ र भतिजासँग कुनै कुरामा विवाद हुन सक्छ।

मिथुन राशि
तपाईको लागि आजको दिन सामान्य रहनेछ। परिवारमा नजिकको व्यक्तिको चिन्ता हुनेछ। अत्याधिक काम, शारीरिक थकानका कारण मानसिक चिन्ताले सताउन सक्छ । व्यापारमा घाटा हुन सक्छ । कुनै नयाँ कामको थालनी नगर्नुहोस्। साथै, परिवारमा पत्नीसँग मतभेद बढ्न सक्छ। विशेष कार्यको लागि आपसी विवादको स्थिति आउन सक्छ।

कर्कट राशि
आजको दिन तपाईको लागि धेरै राम्रो रहनेछ। कुनै विशेष कामको लागि बाहिरी यात्रामा जान सकिनेछ। अदालत पक्षको जित हुनेछ। साथै व्यापार व्यवसायमा आम्दानीका नयाँ स्रोतहरु सृजना हुनेछन् । परिवारमा मान सम्मान बढ्नेछ। परिवारको हितमा आज ठूलो निर्णय लिन सकिनेछ।

सिंह राशि
आज तपाई मानसिक रुपमा अलमलमा रहनुहुनेछ । घरपरिवारमा कुनै न कुनै विषयमा समस्या बढ्न सक्छ तर आफ्नो सीपबाट समाधान गर्न सफल हुनुहुनेछ। स्वास्थ्य राम्रो रहनेछ। व्यापार व्यावसायमा लाभको सम्भावना रहनेछ । नयाँ लगानी गर्न सकिनेछ । परिवारमा शुभ समाचार सुन्न पाइनेछ । साथै सबै मतभेदहरू समाधान गरिनेछ।

कन्या राशि
आजको दिन सफल रहनेछ । जागिर आदिको लागि प्रयास गर्दै हुनुहुन्छ भने आज सफलता मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ तर परिवारमा आमाबुवाको स्वास्थ्य बिग्रन सक्छ। व्यापार व्यवसायमा आर्थिक सहयोग मिल्नेछ । साथै घरपरिवारमा पुरानो विवादको अन्त्य हुने हुँदा रमाइलो वातावरण रहनेछ।
तुला राशि
आज तपाई कुनै विशेष कामको लागि बाहिर जान सक्नुहुन्छ। सवारी साधन आदि प्रयोग गर्दा सावधानी अपनाउनुहोला । साथै, तपाईले आज व्यापारमा केहि घाटा बेहोर्नु पर्नेछ। कार्यस्थलमा तपाईंको पार्टनरले तपाईंलाई छोड्न सक्छ। परिवारमा प्रियजनबाट सहयोग मिल्नेछ। श्रीमतीसँगको सम्बन्ध राम्रो रहनेछ ।

वृश्चिक राशि
आज तपाईको मन अशान्त देखिनेछ। स्वास्थ्यमा केही कमजोरी महसुस हुनेछ। कामको सिलसिलामा बाहिरी यात्रामा जान सकिनेछ । सवारी साधन आदि सावधानीपूर्वक प्रयोग गर्नुहोस्। आज तपाईलाई सामाजिक राजनीतिक क्षेत्रमा विशेष पदले सम्मानित हुन सक्छ। श्रीमती र सन्तानका लागि ठूलो निर्णय लिन सकिनेछ ।

धनु राशि
आजको दिन तपाईको लागि धेरै राम्रो रहनेछ । योजनाबद्ध कार्यहरू सम्पन्न हुनेछन्। पार्टनरसँग बाहिर घुम्न जान सकिनेछ। मन प्रसन्न रहनेछ। आज केही नयाँ कामको जिम्मेवारी मिल्नेछ । व्यापार व्यवसायमा लाभदायक स्थिति रहनेछ। परिवारमा शुभ कार्यको सम्भावना रहनेछ। विशेष व्यक्तिसँग पनि भेटघाट हुनेछ ।

मकर राशि
आज तपाईको दिन व्यर्थको हलचलमा फसेको छ। आज तपाई कुनै विवादमा फस्न सक्नुहुन्छ। विरोधीको षड्यन्त्रको सिकार बन्न सक्नु हुनेछ । स्वास्थ्यमा ह्रासको अनुभूति हुनेछ । व्यापारमा घाटा बेहोर्नु पर्नेछ । पैतृक सम्पत्ति आदिको विषयमा घरपरिवारमा झगडा हुनसक्छ । सवारी साधन सावधानीपूर्वक प्रयोग गर्नुहोस्।

कुम्भ राशि
आजको दिन समस्याले भरिपूर्ण रहनेछ । अदालत आदिमा विवादमा फस्न सक्छ । व्यापारमा ठूलो घाटा हुनसक्छ । विपक्षीहरुले तपाईको विरुद्धमा षड्यन्त्र गर्न सक्छन् । आज व्यापारमा ठूलो लगानी नगर्नुहोस्। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। आफ्नो बोलीमा नियन्त्रण राख्नुहोस्। तर्कबाट टाढा रहनुहोस्।

मीन राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ । कुनै पनि ठूलो समस्याबाट मुक्त हुन सकिन्छ। अदालती मामिलाहरूमा विजय हुनेछ। व्यापारमा लाभ हुनेछ । साथीभाइबाट आर्थिक सहयोग मिल्नेछ । बाँकी रहेको रकम प्राप्त गर्न सकिनेछ । परिवारमा शुभ कार्यको सम्भावना रहेको छ । परिवारका साथमा धार्मिक कार्यक्रममा पनि सहभागी हुन सकिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);