काठमाडौंबाट ५ जना जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

काठमाडौंबाट ५ जना जुवाडे पक्राउ

काठमाडौं,२७ पुस । जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका हुन् ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्‍वरस्थित सुब्बा गेष्‍ट हाउसबाट जुवातास खेलिरहेको अवस्थामा खोटाङ साकेला नगरपालिका–१ घर भएका २५ वर्षीय प्रकाश रोक्का लगायत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ७ सय ८५ रूपैयाँ र २ बुक तासहित पेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply