अन्तराष्ट्रिय समुदायको आँखामा छारो हाल्न मेलमिलाप आयोगको म्याद थपियो : मञ्चला झा (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

अन्तराष्ट्रिय समुदायको आँखामा छारो हाल्न मेलमिलाप आयोगको म्याद थपियो : मञ्चला झा (भिडियो सहित)

काठमाडौं, ९ माघ । द्वन्दकालमा बेपत्ता पारिएका व्यक्तिको छानविन गर्न २०७१ माघ २७ गते सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन भएको थियो । जसले २ वर्षको कार्यकाल पाएको थियो । २ वर्षे कार्यकाल पाएको आयोगले समयमा काम गर्न नसक्दा म्याद थपिदै आएको छ। 

२०५२ साल फागुन १ गते देखि २०६३ साल मंसिर ५ गतेसम्म राज्य पक्ष र तत्कालीन नेपाल कम्युनिट पार्टी (माओवादी) बीच भएको सशस्त्र द्वन्दका क्रममा भएका मानव अधिकारको गम्भीर उल्लंघन तथा मानवता विरुद्धको अपराध सम्बन्धी घटना र त्यस्तो घटनामा संलग्न व्यक्तिहरुको बारेमा सत्य अन्वेषण तथा छानवीन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउन गठन भएको यस आयोगले के कति प्रगति गर्‍यो?

संक्रमणकालीन न्याय निरुपणका लागि गठन भएको यस आयोगले के-के काम गर्‍यो र अब के गर्न बाँकी छ ? द्वन्दकालीन मुद्दामा के-कतिले राहत पाए ? यी र यस्तै विषयमा आधारीत रहेर  यस आयोगकी सदस्य मञ्चला झासँग माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता रमेश वाग्लेले गरेकाे माउन्टेन संवाद हेर्नुहोस् :