पशुपतिको पश्चिमढोकाअघि नागमणीसहित बहुमूल्य सामग्री प्रदर्शन गरिने | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

पशुपतिको पश्चिमढोकाअघि नागमणीसहित बहुमूल्य सामग्री प्रदर्शन गरिने

काठमाडौं, २६ मंसिर । पशुपतिनाथमा आज बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मङ्गलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शनका लागि राखिने भएको छ ।

पशुपतिनाथको भण्डारमा रहेको आज बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी भएको बुझिएको छ । पशुपतिनाथको पश्चिमढोकाअघि यी बहुमूल्य सामग्री देखाइने छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिन्छ ।

त्रयोदशीका दिन गत आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो । आज भने अब अर्को वर्षलाई यी सामग्री सुरक्षितसाथ राखिन्छ भनी देखाउन लागिएको पशुपति विकास कोषले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);