काठमाडौं, १३ कात्तिक । इजरायलले थप केयरगिभरको माग गरेको छ । नर्सिङ सेन्टरहरुमा काम गर्नका लागि इजरायलले थप १३ सय केयर गिभर माग गरेको हो ।
इजरायल र हमासमा युद्ध जारी छ,जसका कारण केयरगिभर माग बारे प्रक्रियामा ढिलाई हुनसक्ने मन्त्रालयले जनाएको छ ।
हाल इरजायलमा युद्ध जारी रहेकोले तत्काल प्रक्रिया अगाडी बढाउन नसकिएको श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।