भगवान शिवले सबैको रक्षा गरुन, हेरौं आजको राशिफल | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

भगवान शिवले सबैको रक्षा गरुन, हेरौं आजको राशिफल

काठमाडौं, १३ कात्तिक । ज्योतिषमा चन्द्रमालाई मनको कारक भनिन्छ । चन्द्रमाको राशि परिवर्तनले सबै राशिलाई आफ्नो घरको हिसाबले असर गर्नेछ । ज्योतिषीहरुका अनुसार आज बिहान १०.२८ बजे चन्द्रमा मेष राशिबाट निस्केर वृष राशिमा प्रवेश गर्नेछ । चन्द्रमाको राशि परिवर्तनका कारण आजको दिन धेरैको लागि शुभ रहनेछ । आउनुहोस्, राशिफलबाट थाहा पाउनुहोस् आजको दिन तपाईको लागि कस्तो रहनेछ ।

मेष राशि
मेष राशि हुनेहरुको लागि आजको दिन राम्रो रहनेछ । तपाईं कुनै पुरानो विवादबाट मुक्त हुन सक्नुहुन्छ, जसले तपाईंलाई ठूलो राहत दिनेछ। व्यापार व्यावसायमा लाभको सम्भावना रहनेछ । आज तपाई आफ्नी पत्नी र सन्तानको स्वास्थ्यको बारेमा चिन्तामुक्त हुनुहुनेछ। परिवारमा आपसी सद्भाव रहनेछ। आज कुनै नयाँ कामको थालनी गर्न सकिनेछ ।

वृष राशि
आज तपाईको लागि महत्वपूर्ण दिन रहनेछ। तपाईको केही पुराना रोकिएको काम पूरा हुन सक्छ, जसको लागि तपाईले धेरै दिनदेखि प्रतिक्षा गरिरहनु भएको छ। आज विशेष व्यक्तिसँग भेटघाटले तपाईको जीवनमा ठूलो परिवर्तन ल्याउनेछ। मनमा धार्मिक यात्रा आदि गर्ने सोच आउन सक्छ। व्यापारमा लाभ हुनेछ । आज नयाँ गाडी किन्न सकिनेछ ।

मिथुन राशि
आजको दिन तपाईका लागि उतार चढावले भरिपूर्ण रहनेछ। मनमा अनेक शङ्काहरू बस्नेछन्। आज कसैलाई ठुलो रकम उधारो दिनु उचित हुनेछैन। आज तपाईको दिमागमा केहि नयाँ कामको योजना बन्न सक्छ। आर्थिक रुपमा आज केहि कठिनाइहरुको सामना गर्नु पर्नेछ । व्यापारमा ह्रास आउनेछ । श्रीमती तथा सन्तानको स्वास्थ्यमा चिन्ता रहनेछ ।

कर्कट राशि
आज तपाई आफ्नो स्वास्थ्य को बारे मा चिन्तित हुन सक्छ। मौसमी रोगका कारण तपाईको स्वास्थ्यमा गिरावट आउन सक्छ। तपाईंको व्यापारिक सहयोगीहरू तपाईंको विरुद्धमा आउन सक्छन्, जसका कारण तपाईंले व्यापारिक क्षेत्रमा कठिनाइहरूको सामना गर्नुपर्नेछ। घरपरिवारमा सम्पत्तिको विषयमा विवादको स्थिति रहनेछ। आज तपाईंले आफ्नो पत्नी र बच्चाहरूको जीवनको लागि ठूलो निर्णय लिन सक्नुहुन्छ।

सिंह राशि
आज तपाईले नयाँ व्यवसाय सुरु गर्ने निर्णय गर्न सक्नुहुन्छ जसमा तपाई सफल हुनुहुनेछ। आज तपाईलाई रोकिएको धन प्राप्त हुन सक्छ। साथै, आज तपाईलाई सामाजिक–राजनीतिक क्षेत्रमा विशेष पदले सम्मानित हुन सक्छ, जसले समाजमा तपाईको कीर्ति बढाउनेछ। व्यापार व्यावसायमा मनग्य लाभ हुनेछ । आम्दानीका नयाँ बाटो खुल्नेछन् । तपाईलाई आफ्नी श्रीमती र बच्चाहरु संग कतै बाहिर जान मन लाग्न सक्छ।

कन्या राशि
आज केही कुरालाई बेवास्ता गर्नु राम्रो हुनेछ, अन्यथा ठूलो समस्यामा फस्न सक्छ। व्यापारमा ठूलो रकम लगानी गर्नु अघि राम्ररी सोच्नुहोस्। आज कुनै नयाँ कामको थालनी नगर्नुहोस्। साथै, आफ्ना विचारहरू आफ्ना साझेदारहरूसँग साझा नगर्नुहोस्, अन्यथा तपाईंले नोक्सान भोग्न सक्नुहुन्छ। परिवारमा मनमुटाव बढ्न सक्छ। पत्नीको स्वास्थ्यमा चिन्ता रहनेछ।

तुला राशि
आज तपाई केही समस्याका कारण समस्यामा पर्नुहुनेछ। योजनाबद्ध काममा बाधा आउनेछ । व्यापार व्यवसायमा अनावश्यक खर्च हुनेछ । आर्थिक स्थितिमा गिरावट आउनेछ। आज कुनै पनि नयाँ काम सुरु गर्ने प्रयास नगर्नुहोस्, नत्र ठूलो नोक्सानी बेहोर्नु पर्नेछ। पत्नी तथा सन्तानको स्वास्थ्यको चिन्ता मनमा रहनेछ। आज तपाई आफ्ना सन्तानको पढाइलाई लिएर चिन्तित देखिनुहुनेछ।

वृश्चिक राशि
आज तपाई आफ्नो नजिकको व्यक्तिको स्वास्थ्यको बारेमा चिन्तित हुनुहुनेछ। आमाबुवाको स्वास्थ्य अचानक बिग्रन सक्छ। आज व्यवसायमा सहकर्मीबाट सहयोग मिल्नेछ । आज कुनै ठूलो काम सुरु गर्न सकिनेछ। काममा अवरोध आउनेछ । आफ्नो बोलीमा नियन्त्रण राख्नुहोस्।

धनु राशि
आज लामो यात्रामा जानु भयो भने सवारी साधन आदि सावधानीपूर्वक प्रयोग गर्नु होला अन्यथा चोटपटक लाग्न सक्छ । कुनै नयाँ काम थाल्नुभयो भने सहकर्मीको जानकारी लिनुहोस्। आज व्यापारमा ठूलो लगानी गर्नु उचित हुने छैन। नयाँ गाडी आदि किन्ने मन लाग्न सक्छ। श्रीमती र सन्तानको लागि कतै सर्नु पर्न सक्छ।

मकर राशि
आज बाहिरी यात्रामा जान सकिनेछ । सवारी चलाउँदा सावधानी अपनाउनुहोस। घरपरिवारमा कुनै कुरामा मतभेदको सामना गर्नु पर्नेछ। व्यवसायमा पुराना सहकर्मीबाट धोका हुन सक्छ। कार्यस्थलमा अवरोध आउनेछ । भइरहेका काम बिग्रन सक्छन् ।

कुम्भ राशि
आज बोलीमा नियन्त्रण राख्नु पर्ने देखिन्छ । तर्कबाट टाढा रहनुहोस्। पारिवारिक जीवनमा उतारचढाव आउनेछ। कुनै कामको सिलसिलामा विशेष व्यक्तिसँग भेटघाट हुनसक्छ । तर काम सम्पन्न हुनेमा शंका छ । श्रीमतीसँगको सम्बन्ध मधुर रहनेछ ।

मीन राशि
आज तपाईंले आफ्नो व्यक्तिगत जीवनमा ठूलो निर्णय लिन सक्नुहुन्छ, जसको कारण तपाईंको परिवार र तपाईं धेरै प्रभावित हुनेछन्। आज स्वास्थ्य स्थिति सामान्य रहनेछ। व्यापारमा, तपाईं ठूलो सम्झौताको हिस्सा बन्न सक्नुहुन्छ, जसको कारण तपाईंको आम्दानीका स्रोतहरू बढ्नेछ। परिवारमा आपसी विवादको अन्त्य हुनेछ। सद्भावको अवस्था देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);