धार्मिक द्वन्द्व मच्चाउने कोशिस भइरहेको छः सांसद केसी | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

धार्मिक द्वन्द्व मच्चाउने कोशिस भइरहेको छः सांसद केसी

काठमाडौं, १९ असोज ||

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोशिस भइरहेको भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताउनुभएको छ । शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद केसीले मलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको बताउनुभएको हो । उहाँले समाजमा नियोजित रुपमा अराजकता फैलाउने र द्वन्द्व निम्त्याउने स्थिति निर्माण भएको उल्लेख गर्दै यसप्रति शतर्क र गम्भिर हुनुपर्ने बताउनु भयो ।

उहाँले भड्काउ अभिव्यक्तिलाई सरकारले बेलैमा नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । सांसद केसीले कसैबाट उचालिएर द्वन्द्व चर्किएमा देशमा असंगठित विद्रोह र अराजकताको स्थिति आउने बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);