अभियन्ता ईःसँग वार्ता गर्न संघीय सरकारले पहल गर्नुपर्योः सांसद केसी | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

अभियन्ता ईःसँग वार्ता गर्न संघीय सरकारले पहल गर्नुपर्योः सांसद केसी

काठमाडौं, १० असोज ||

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले काठमाडौं महानगरपालिका अगाडी उभिएर आन्दोलन गरिरहेका अभियन्त्रा ईः सँग वार्ता गरी समस्या समाधान गर्न सरकारले पहल लिनुपर्ने बताउनुभएको छ । बुधवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले अभियन्ता ईः काठमाडौँ महानगरपालिकासँग विभिन्न माग राखि मेयरको कार्यालय अगाडी उभिइरहेको भन्दै माग सम्बोधन गराउन संघीय सरकारले पनि पहल गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले नागरिकको ज्या बचाउने कुरा प्रदेश वा स्थानीय सरकारसँग मात्रै सम्बन्धित नहुने बताउनु भयो । उहाँले अभियन्ताहरुको परिस्थिति जटिल बन्दै गइरहेको उल्लेख गर्दै संघीय सरकारले नगरपालिकाको स्वायत्तता भनेर मात्रै बस्न नमिल्ने बताउनु भयो । उहाँले समस्या समाधानका लागि सरकारले पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै सांसद केसीले निरन्तर चिकित्सकहरु कुटिइरहेका भन्दै सरकारको त्यसतर्फ पनि ध्यानाकर्षण गराउनु भयो । उहाँले आन्दोलनरत राहत शिक्षकहको समस्या पनि समाधान गर्नुपर्ने बताउनु भयो ।
उहाँले चर्को मुल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्दै सुपथ मूल्यको पसल सञ्चालन गर्न सरकारलाई आग्रह गर्नुभयो ।

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);