अभियन्ता ईः लगायतसँग महानगरले शिघ्र संवाद गरोस् : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

अभियन्ता ईः लगायतसँग महानगरले शिघ्र संवाद गरोस् : गगन थापा

काठमाडौं, ७ असोज । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ६ दिनदेखि राष्ट्रिय सभा अगाडी धर्ना दिइरहेका अभियन्ता ईः लगायतसँग काठमाडौं महानगरपालिकाले वार्ता गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत थापाले यस्तो सुझाव दिएका हुन् ।

“लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ, शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्वका साथ सुन्नुपर्छ।” भन्दै महामन्त्री थापाले ईः लगायतले उठाएको उठाएको मूलतः फुटपाथ व्यवसायीको विस्थापन नभई उचित व्यवस्थापन हुनुपर्ने बताएका छन् । सहरको अन्य कुनै स्थानमा आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने उनको सुझाव छ ।

संवादबाट नै समाधानको उपाय निस्किने भन्दै थापाले लेखेका छन्,“सँगै बसेर कुरा गरेपछि,एक अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ नै। त्यस कारण मेरो आग्रह छ–निर्वाचित सरकारसंग जबाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरू र महानगर बीच शीघ्र संवादको वातावरण बनोस्।”

 

Leave a Reply