सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्छ : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्छ : गगन थापा

काठमाडौं, २ असोज । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाँले जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुशी कसरी हुने भन्ने रहेको बताउनु भयो । उहाँले हरेक मानिस जहिल्यै पनि तनावमा रहने गरेको भन्दै सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्ने बताउनु भयो । उहाँले सांसदहरुलाई अर्को चुनाव कसरी जित्ने भन्ने चिन्ता, ५ पटक प्रधानमन्त्री भइसकेको व्यक्तिलाई छैटौं पटक किन भइएन भन्ने चिन्ता र प्रधानमन्त्रीलाई बेलुका पद जाने हो की भन्ने चिन्ता हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुशी कसरी हुने भन्ने हो । तपाईहरुले सफलताको भोक पनि राख्नुस् । परीक्षा छ भनेर घरबाट निस्किने बेलामा विद्यार्थीहरु तनावमा रहने गर्दछन् । म अहिले चुनाव जितेर सांसद छु, मलाई अब ४ वर्षपछि कसरी चुनाव जित्ने भनने तनाव छ । ५ पटक प्रधानमन्त्री भएको मान्छेलाई ६ पटक किन भएन भन्ने तनाव छ । अहिले भएको प्रधानमन्त्रीलाई भरे बेलुका प्रधानमन्त्री खुस्केला की भन्ने तनाव छ । सबै मान्छे जीवनमा बिहानदेखि बेलुकासम्म तनावमा बाच्ने रहेछन् ।  सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्छ । काम गर्ने हो तर फलको आश नगर्ने हो । कर्म इमान्दारिताका साथ गर्नुपर्छ ।’ महामन्त्री थापाले इमान्दारिताका साथ काम गर्न र फलको आश नगर्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);