विराटनगरमा दुई महिनासम्म निषेधाज्ञा जारी, सभा‚जुलुस र प्रदर्शन गर्न रोक | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

विराटनगरमा दुई महिनासम्म निषेधाज्ञा जारी, सभा‚जुलुस र प्रदर्शन गर्न रोक

काठमाडौं, १ असोज । मोरङ जिल्ला प्रशासनले मंगलबार बिहान ६ बजेदेखि दुई महिनाका लागि विराटनगरका निश्चित स्थानहरुमा सभा‚ जुलुस र प्रदर्शन गर्न स्थानीय प्रशासनद्वारा रोक लगाएको छ ।
मोरङ जिल्ला प्रशासनले विराटनगर महानगरलाई केन्द्र बनाएर विभिन्न समूहले गर्ने धर्ना र जुलुस‚ प्रदर्शनलाई निस्तेज पार्न मंगलबारदेखि लागू हुनेगरी विराटनगरमा दुई महिना निषेधज्ञाको आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार जारी गरेको सूचनामा असोज २ गते बिहान ६ बजेदेखि दुई महिनाका लागि विराटनगरमा निश्चित स्थानमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । स्थानीय प्रशासनको निषेधाज्ञाका कारण यो अवधिमा महानगरवासीले पर्ने कुनै पनि चाडपर्व निश्चित घेरामा रहेर मनाउनु पर्ने भएको छ । पहिचानवादी र जनता समाजवादी पार्टीको सम्भावित आन्दोलन, धर्ना र जुलुसलाई मध्यनजर गर्दै महानगरका निश्चित स्थानमा निषेधाज्ञा जारी गरिएको प्रशासनले स्पष्ट गरेको छ । यसबाट समूहगत रुपका बाधा विरोधका गतिविधिबाहेक जनताको दैनिक जनजीवनमा कुनै पनि प्रभाव नपार्ने स्पष्ट गरिएको छ ।

असोज २ गते पहिचानवादीको प्रदेश नामकरण संयुक्त संघर्ष समितिले कोशी प्रदेश नाम खारेज माग गर्दै मोटरसाइकल ¥याली निकाल्ने तयारी गरेकोबेला प्रशासनले निष्ोधाज्ञा जारी गरेको हो । जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई विराटनगर महानगरको नगर सुरक्षाकर्मीले दुर्व्यवहार गरेको भन्दै विरोधको तयारी गरेपछि जिल्ला प्रशासनले सतर्कता अपनाएको छ ।

प्रशासनले महानगरको देवकोटा चोकदेखि पश्चिमको अस्पताल चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक, मुख्यमन्त्री निवासको तीन सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयदेखि तीन सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा निषेधज्ञा आदेश जारी गरेको छ । उक्त स्थानमा सर्वसाधारण र सवारी साधन आवतजावतबाहेक कुनै पनि किसिमका सभा, जुलुस, भेला र ¥याली निकाल्न निषेध गरिएको सूचना भनिएको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);