कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा आज भारी वर्षा हुने | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८१, शुक्रबार

कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा आज भारी वर्षा हुने

काठमाडौं, १९ भदौ । हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ । पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यसैगरी आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरू तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);