सुत्केरी ब्यथाले च्यापेकी श्रीमतीलाई बोकेको गाडी रोकेपछि आक्रोसित भएकै हुन त बालेन ! | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

सुत्केरी ब्यथाले च्यापेकी श्रीमतीलाई बोकेको गाडी रोकेपछि आक्रोसित भएकै हुन त बालेन !

काठमाडौं, १७ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पिता बनेका छन् । बिहे भएको ५ वर्षपछि मेयर शाहकी पत्नी सविना काफ्लेले आइतबार छोरीलाई जन्म दिएकी हुन् । बालेन र सविनाबीच २०७४ साल फागुनमा विवाह भएको थियो ।

शनिबार राति मेयर बालेनले महानगरको सवारी साधन सरकारले रोकेको भन्दै यस्तै भइरहेको सिहंदरबार जलाउने धम्की दिएका थिए । आगो लगाउने उत्तेजक अभिव्यक्ति दिएपछि उनको सामाजिक सञ्जालमा चौतर्फी विरोध भइरहेको छ ।

यसै क्रममा बालेनको श्रीमती सबिनालाई सुत्केरी ब्यथाले च्यापेपछि शनिबार राति ९ बजे ईमर्जेन्सी श्रीमतीलाई हस्पिटल लैजादै गर्दा ट्राफिकसँग चालकको विवाद भएको खबर बाहिर आएको छ । गाडी ट्राफिकले रोकेर सोधपुछ गरेपछि सबै कुरा बताउदा पनि नछोडेर अनावश्यक दुख दिएपछि बालेन आक्रोशित भएको बुझिएको छ । अस्पतालमा बालेन पत्निले छोरीलाई जन्म दिएकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);