काठमाडौं, १७ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घरमा लक्ष्मी भित्रिएकी छिन् । उनकी श्रीमती सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।
उनीहरुको विवाह भएको ५ वर्ष पुरा भएको छ । बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि अभिभावक बनेका हुन् ।
बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।