राष्ट्रिय पुस्तकालय निर्माण निर्वाध ढंगले अगाडी बढाइनेछः शिक्षामन्त्री | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

राष्ट्रिय पुस्तकालय निर्माण निर्वाध ढंगले अगाडी बढाइनेछः शिक्षामन्त्री

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई निर्वाध ढंगले अगाडी बढाउन पहल थाल्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित १६ औं पुस्तकालय दिवस २०८० को अवसरमा शिक्षामन्त्री राईले पुस्तकालय भवन निर्माणमा देखिएको बाधा अड्चनलाई हटाएर राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई अगाडी बढाइने बताउनुभएको हो ।

मन्त्री राईले पुस्तकालय निर्माणको काममा आइपरेका अवरोधलाई प्रकृयासंगत रुपमा अगाडी बढाइने बताउनु भयो । उहाँले अहिले युवाहरुमा पठन संस्कृतीको अभाव भएको भन्दै युग अनुकुल पुस्तकालयहरुलाई उन्नत गर्दै लैजानुपर्ने देखिएको बताउनु भयो । मन्त्री राईले केन्द्रिय पुस्तकालय निर्माण भनेर बजेट विनियोजन गरिएपनि निर्माण कार्यमा अवरोध सृजना भएको बताउनु भयो ।

उहाँले पुस्तकालय दिवसलाई काठमाडौं केन्द्रित नभएर पुस्तकालय भएका स्थानमा पनि मनाउनुपर्ने बताउनु भयो । पुस्तकालय दिवसले युवा पुस्तालाई ज्ञान आर्जन गर्न पुस्तक पढ्नुपर्छ भन्ने धारणाको विकास गर्न मद्दत पुग्ने शिक्षामन्त्री राईको भनाई छ । पुस्तकालय दिवसको अवसरमा उत्कृष्ट पाठकको रुपमा गोदावरीकी रुक्मिणी चालिसे र पुस्तकालयकर्मी जोगप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);