आज यी प्रदेशमा पानी पर्ने | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २६ २०८१, सोमबार

आज यी प्रदेशमा पानी पर्ने

काठमाडौं, १४ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलि रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा थोरै स्थानहरुमा हल्का देखि मध्यम र बाँकी भू–भागका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);