आपसी सद्भावको वातावरण बनाउन तीन तहको सरकार मिलेर अभियान चलाउनुपर्छः उपप्रधानमन्त्री खड्का | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

आपसी सद्भावको वातावरण बनाउन तीन तहको सरकार मिलेर अभियान चलाउनुपर्छः उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा सामाजिक सद्भाव खल्बल्याउन खोजिएको भन्दै सचेत हुनुपर्ने बताउनुभएको छ ।

शुक्रवार चाँगुनारायण नगरपालिका ५ नम्बर वडा कार्यालय र छालिङ्ग स्वास्थ्य चौकीको नवनिर्मित भवनहरुको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सामाजिक सद्भाव खल्बल्याएर जनतामा निराशा उत्पन्न गर्ने प्रवृत्ति देखा पर्न थालेको बताउनुभएको हो ।

उहाँले सद्भाव खल्बल्याउने गतिविधिलाई प्रश्रय दिन थालिएको भन्दै यसप्रति सबै तहका सरकार, राजनीतिक दलहरु र आम नेपाली जनता सचेत हुनुपर्ने बताउनु भयो । उहाँले आपसी एकता र सामाजिक सद्भावले नै देशको विकास निर्माणलाई अगाडी बढाउने कुराको सन्देश बोकेर देशभर अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको पहिचानको रुपमा नेपाली समाज रहेको उल्लेख गर्दै उहाँले सो विविधताको पहिचानलाई जोगाउन सचेत भएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले आपसी सद्भावको वातावरण बनाउन संघ, प्रदेश र स्थानीय तहको सरकार मिलेर नयाँ अभियान चलाउनुपर्ने बताउनु भयो ।

उहाँले सामाजिक सद्भाव खल्बल्याउन अघि बढ्नेहरुलाई निरुत्साहित पार्नुपर्ने बताउनु भयो । आपसी सद्भावलाई मजबुत बनाउन सबैले आ–आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने उहाँले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);