काठमाडौंमा तिज मेला शुरु | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

काठमाडौंमा तिज मेला शुरु

काठमाडौं, ७ भदौ । काठमाडौंको त्रिपुरेश्वरमा १४ औं तिज मेला शुरु भएको छ ।

बुधवारबाट शुरु भएको मेलामा तिज विशेष सामग्रीहरु प्रदर्शनमा राखिएका छन् । ‘युनाइटेड वल्र्ड ट्रेड सेन्टर’मा आउँदो तिजलाई लक्षित गर्दै आजबाट तिज मेला शुरु भएको हो । आजदेखि शुरु मेला १० गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनस्थलमा बोल्दै इभेण्ट एण्ड मार्केटिङका प्रवन्ध निर्देशक अनिश श्रेष्ठले मेलाबाट एक करोडौं रुपैयाँ कारोबार हुने लक्ष्य राखिएको बताउनु भयो । उहाँले यो भन्दा अगाडी २० हजार जनाले मेलाको अवलोकन गरेको भन्दै यस पटक ३० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको बताउनु भयो । मेलामा लत्ताकपडा, कस्मेटिक, चुरापोते, गरगहना, विभिन्न परिकार लगायतका अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा एकै छानामुनी खरिद गर्न सकिनेछ । उहाँले मेलामा बंगलादेश, इङ्ग्ल्याण्ड लगायतका देशका ७० वटा स्टल राखिएको बताउनु भयो ।

श्रेष्ठले भन्नुभयो, ‘यो १३ औं तिज मेला सकेर १४ औं तिज मेला गर्दैछौं । अहिले स्टलमा परिणत गरेका छौं । तिज मेला स्पेसल्ली महिला सशक्तिकरणका लागि आफ्नै गर्ने बाटो के के गर्न सकिन्छ ? आफूले सक्ने हामीले स्थान दिएर व्यवस्थापन होस् भन्ने सोचले मेला शुरु गरेका हौँ । यसमा हामीले च्यारिटी स्टलहरुपनि राखेका छौं । जसमा माईती नेपाल अरु अरु हुनुहुन्छ । विदेशी, बंगलादेश, इङ्ग्ल्याण्डसहितका देशहरुसहित गरी ७० वटा स्टल रहेका छन् । भदौ ६ गते देखि १० गतेसम्म हुँदैछ । यो स्पेसल्ली तिज मेला हो । यो भन्दा अगाडी पाँच दिनमा २० हजार मान्छे आउने गर्थे । व्यापारपनि हुन्थ्यो । पहिलेको छाप हुनाले ४०÷५० लाख सम्मको व्यापार हुने गथ्र्यो । यो चोटी अलिकती बढी होस् भनेर विचार ग¥याछु । हाम्रो टार्गेट एक करोडसम्म होस् भन्ने हाम्रो टार्गेट छ । मान्छे चाहीँ २० हजारदेखि ३० हजारसम्म आउने लक्ष्य गरेका छौं । त्यही अनुसार हामीले व्यवस्थापन गर्र्दैछौं । ’

उहाँले यसअघि ४०/५० लाखसम्मको व्यापार हुने गरेकोमा यो पटक एक करोड रुपैयाँसम्म कारोवार हुने लक्ष्य लिएको बताउनु भयो । मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);