एजेन्सी, ६ भदौ । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वदेश फर्किनेबित्तिकै जेल चलान भएका छन् । उनी १५ वर्षदेखि सिंगापुरमा निर्वासित जीवन बिताइरहेका थिए । यसैबीच, उनको पार्टीकी नेतृ श्रेत्था थवासिन संसदबाट देशको ३०औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
मंगलबार भएको मतदानमा श्रेष्ठको फु थाई पार्टीले संसदको दुवै सदनमा सहजै बहुमत ल्याएको हो । घरजग्गा व्यवसायी श्रेष्ठ केही महिनाअघि मात्रै राजनीतिमा प्रवेश प्रवेश गरेका हुन् । उनको पार्टीलाई सरकार बनाउन ३७५ मत आवश्यक थियो । थाइल्याण्डमा गत मार्चदेखि कामचलाउ सरकारका कारण संसदमा गतिरोधको अवस्था थियो ।
पूर्वप्रधानमन्त्री थाक्सिनलाई भ्रष्टाचारका तीन छुट्टाछुट्टै मुद्दामा सर्वोच्च अदालतले आठ वर्षको जेल सजाय सुनाएको छ । थाक्सिनले आफ्नो स्वदेश फर्कने निर्णय र फु थाई पार्टी सत्तामा आउनुबीच कुनै सम्बन्ध नभएको बताए । तर उनको पार्टीले सरकार गठन गरेपछि थाक्सिनको सजाय कम हुनेमा आशंका व्यक्त गरिएको छ ।