रास्वपाको सरकार बने सबै काण्डका नाइकेलाई जेल हाल्छुः रवि लामिछाने | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

रास्वपाको सरकार बने सबै काण्डका नाइकेलाई जेल हाल्छुः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको नेतृत्वमा सरकार बने तीनवटा काण्डका नाइकेलाई जेल हाल्ने चेतावनी दिनु भएको छ ।

इलामको फिक्कलमा बिहीबार भएको सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन काण्डका नाइकेहरुलाई जेलमा कोच्ने चेतावनी दिनु भएको हो । यी काण्डका नाइके नेताहरु सबै जेल जाने र हातको औंलामा गन्न सकिने नेताहरु मात्र बाकी रहने उहाँको भनाइ छ ।

यसका लागि २०८४ सालको निर्वाचनमा रास्वपालाई मत दिएर सरकारको नेतृत्व गर्ने हैसियतमा पु¥याउन उहाँले आग्रह गर्नु भएको छ । सभापति लामिछानेले रास्वपामाथि हमला र टीकाटिप्पणि भइरहे पनि आफूहरु चुप लागेर बसेको भन्दै यसको हिसावकिताब २०८४ सालको निर्वाचनबाट दिइने बताउनुभयो ।

पुराना दल र नेताले जनतालाई सँधै भ्रम छरेकाले अब भ्रमको पछि नपर्न सभापति लामिछानेले आग्रह गर्नुभयो । एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन छिराउनेहरुको बिरोध गर्नुपर्ने भन्दै उहाँले तस्करीमा संलग्नलाई चाँडोभन्दा चाँडो कानुनको कठघरामा उभ्याउनु पर्नेमा जोड दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);