काठमाडौं । काठमाडौं महानगरभित्रका व्यापारिक भवनहरूलाई सेवाग्राहीसँग पार्किङ शुल्क लिन पाउने भएका छन् ।
काठमाडौं महानगरले साउन १० गते व्यापारिक कम्प्लेक्सहरूलाई सेवाग्राहीसँग पार्किङ शुल्क नमाग्न सूचना जारी गरेको थियो ।काठमाडौं महानगरको निर्णयको विरुद्ध व्यावसायीहरुले उच्च अदालत पाटनमा हालेको रिटमा आदेश दिदै अदालतले आज शुल्क लिन पाउने अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश राजेन्द्र खरेलको एकल इजलाशले काठमाडौं महानगरभित्रका व्यापारिक भवनहरूलाई सेवाग्राहीसँग पार्किङ शुल्क लिन पाउने अल्पकालीन अन्तरिम आदेश दिएको हो।




