रास्वपाले अनुमति बिना ‘ब्लु बस’को रंग परिवर्तन गरेकै हो त ? | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

रास्वपाले अनुमति बिना ‘ब्लु बस’को रंग परिवर्तन गरेकै हो त ?

चितवन,२१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन जिल्लामा महिलाहरूका लागि निःशुल्क सन्चालन गरेको बसको अनुमतिबिना रंग परिवर्तन गरेको पाइएको छ । पार्टीका सभापति सांसद रवि लामिछानले महिलाहरूका लागि निःशुल्क सन्चालन गरेको बसको रंग अनुमति नलिई परिवर्तन गरेको बुझिएको छ ।

लामिछानेको चुनावी जिल्ला समेत रहेको चितवनका महिलाहरुका लागि सञ्चालनमा ल्याइएको ना ५ ख ३१३८ नम्बरको भाडाको बसलाई निलो रंगको बनाइएको थियो । यो बसले अहिले ‘ब्लु बस’को नाममा चर्चा पाइरहेको छ ।

तर, बसको रंग परिर्वतन गर्दा अनुमति नलिइएको यातायात व्यवस्था कार्यालय भरतपुरले जनाएको छ । यातायात व्यवस्था कार्यालय वीरगञ्जमार्फत सूचना लिएर कार्यालयले बसको रंग परिवर्तनको अनुमति लिनुपर्ने हुन्छ ।
सवारीसाधनको रंग परिवर्तन गर्दा अनुमति लिएर प्राविधिकहरुलाई देखाउनुपर्ने नेपालको व्यवस्था छ । ब्लु बुकमा नै गाडीको रंग कस्तो हो भनेर उल्लेख हुने गर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);