मनाङमा बारुला पोलेर खाँदा ८ जना गम्भिर घाइते | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

मनाङमा बारुला पोलेर खाँदा ८ जना गम्भिर घाइते

मनाङ, १८ साउन । मनाङमा बारुला पोलेर खाँदा ८ जना घाइते भएका छन् । विभिन्न जिल्लाबाट मनाङ आएर ज्याला मजदुरी गर्दै आएका ८ जना मजदुर बारुला पोलेर खाँदा गम्भीर बिरामी परेका हुन् । सदरमुकाम चामे नजिकै कोतोबाट नार्पाभूमि जाने बाटो नार्पाभूमि गाउँपालिका–२ छ्याज्याको होटेलबाट बाँडेको बारुला खाँदा होटेल सञ्चालकसहित कामदार बिरामी भएका हुन् ।

बिरामी हुनेहरूमा गोरखाका दलबहादुर आले मगर, टेकबहादुर सुनार, महलमान थापा मगर, गुञ्जमान थापा,सेते तामाङ, लीला तामाङ, प्रेमबहादुर घले र रोल्पा थवाङ गाउँपालिका–२, फुन्तिवाङ घर भई नार्पाभूमि गाउँपालिका–२ छ्याज्यामा होटेल व्यावसाय गरी बस्ने रामसरी बुढा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार भुईँ बारुला पोलेर खाएका उनीहरूलाई रातिदेखि मुटु, छाती तथा जिउ पोल्न थालेपछि थप उपचारका लागि लमजुङ सामुदायिक अस्पताल लगिएको हो । सबै बिरामी अचेत अवस्थामा रहेको बुझिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);