काठमाडौं, १ साउन । विदेश जान लागेका श्रमिकहरुलाई रोकेको विषयमा वैदेशिक रोजगार विभागले आपत्ति जनाउँदै हिजो केही बेर प्रदर्शन समेत गर्यो । कुवेत र जोर्डन जान लागेका १३२ जना श्रमिकलाई अनुमति नदिएपछि विभाग आक्रोसित भएको हो ।
११७ जना श्रमिकलाई कागजात शंकास्पद भन्दै अध्यागमन विभागले प्रस्थान अनुमति नदिएको हो । सुरुवा जोर्डन जान लागेका १५ जनालाई समेत रोकेको अध्यागमनले पछि भने निर्वाध रुपमा कागजातको आधारमा अनुमति दिएको थियो ।
तर कुवेत जाने श्रमिकहरुलाई भने हालसम्म अनुमति दिएको छैन् । अध्यागमनले एक विज्ञप्ती जारी गर्दै ४ वटा शर्त पुरा गरेको खण्डमा मात्र प्रस्थान अनुमति दिने निर्णय गरेको छ ।