इतिहास लेखेपनि गल्ती मेटिदैंन् : बालेन साह | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

इतिहास लेखेपनि गल्ती मेटिदैंन् : बालेन साह

काठमाडौं, ३१ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ईतिहास लेखेपनि गल्ती नमेटिने बताएका छन् । मानिसको मृत्यु सत्य भएपनि कसैलाई मृत्युुको याद नहुने उनको भनाइ छ ।

शनिबार सामाजिक सञ्जालमा कविता लेख्दै बालेनले हामी जति बिकाउ भएपनि आत्माले आफुलाई नबेच्ने उल्लेख गरेका छन् ।

यस्तो छ बालेनको कविता

हामी मनुष्यलाई एक दिन मर्नुपर्छ ,
कसैलाई याद हुँदैन,
दैनिक याद हुनु राम्रो कुरा पनि हैन स
तर बिर्सिनु पनि त सही छैन ‘
एक दिन यो पाऊले धर्ती टेक्दैन,
एक दिन यो शरिरले हुरी छेक्दैन ,
एक दिन यो आखाले संसार देख्दैन ,
एक दिन हातले मनको कुरा लेख्दैन ,
ईतिहास लेख्छौँ, तर गल्ती मेट्दैन ,
एक दिन ,
हामी जती बिकाऊ भए पनि,
आत्माले आफु बेच्दैन ।।

Leave a Reply