तीन ठूला दलले देशलाई बन्धक बनाउन मिल्दैनः रवि लामिछाने | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

तीन ठूला दलले देशलाई बन्धक बनाउन मिल्दैनः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको भन्दै आपत्ति जनाउनु भएको छ ।

प्रमुख प्रतिपक्ष एमालेले जे बोल्यो, त्यहीनै आफ्नो पार्टीको भाष्य हो भन्ने ढंगले आफ्नो पार्टीलाई संसदमा बोल्न नदिएको दावी गर्दै उहाँले त्यसप्रति आफ्नो पार्टीको घोर आपत्ति रहेको बताउनु भयो ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले संसदमा आफ्नो पार्टी स्वतन्त्र अस्तित्वमा रहेकाले सोही अनुसारको व्यवहारको अपेक्षा गरिएको पनि बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई देशको राष्ट्रियताको सवालमा बोल्दा ख्याल राख्न पनि सचेत गराउनु भयो ।

सभापति लामिछानेले संसदलाई, देशलाई काँग्रेस, एमाले र माओवादी केन्द्र तीन ठूला दलले बन्धक बनाउन नमिल्ने समेत बताउनु भयो ।

सभापति लामिछानेले मिटरब्याज पीडितहरुलाई थप पीडा दिने काम नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);