बेल्जियममा नेपाली भाषा पढाउने २५ वर्षिय रुविनाद्वारा एनआरएनए बेल्जियमको महासचिवमा उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८१, बिहीबार

बेल्जियममा नेपाली भाषा पढाउने २५ वर्षिय रुविनाद्वारा एनआरएनए बेल्जियमको महासचिवमा उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको महासचिवमा २५ वर्षिय रुविना शर्माले उम्मेदवारी दिने भएकी छन् । शर्मा एनआरएनए बेल्जियमकी कार्यसमिति सदस्य हुन् ।

बेल्जियमको इन्टरकल्चार फेडेरेशनमा कार्यरत रुविनाले गैरआवासीय नेपाली अभियानमा युवाहरुको बढ्दो मागका कारण उम्मेदवारी दिएको जानकारी दिइन् ।

शर्माले नेपाली नयाँ पुस्तालाई नेपालको भाषा र संस्कृतिसँग जोड्ने उद्देश्यले हरेक आइतबार बेल्जियमा नेपाली भाषा कक्षा संचालन गर्दै आएकी छन् । सामाजिक रुपान्तरणको लागि गैरआवासीय नेपाली संघको जस्तो संस्थाको नेतृत्वमा युवापुस्ता पुग्नु पर्ने उनको धारणा छ ।

उनले आफू महासचिवमा निर्वाचित भएमा के गर्ने भन्नेमा स्पष्ट रहेको दाबी गरिन् । एनआरएनएभित्र रहेको मतदाता बनाउने प्रचलनलाई हटाएर साधारण सदस्य बन्ने अवधारणा ल्याउने उनको भनाई छ । साथै, महिला तथा युवाको लागि आफूसँग स्पष्ट भिजन भएको उनको दाबी छ ।

संस्थालाई प्रविधिमैत्री बनाउने र संघका सदस्यबाट प्राप्त आर्थिक सहयोगलाई नेपाली भाषा, संस्कृति, पर्यटन आदिको लागि खर्च गर्न भुमिका खेल्ने उनको भनाई छ ।

नेपालमा म्याग्दी घर भएकी शर्माले बेल्जियममा वायोटेक्नोलोजिमा स्नातक गर्दै छिन् । उनीसँग यसअघि बिभिन्न सामाजिक अभियानमा काम गरेको अनुभव समेत छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);