काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले दबाब थेग्न नसकेर स–साना आयोजनाहरुमा पनि बजेट विनियोजन गरेको बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले आफू संघीय सरकारबाट स–साना आयोजनाका लागि थोरै रकम विनियोजन गर्ने पक्षमा नभएपनि दबाब थेग्न नसकेर विनियोजन गरेको बताउनुभएको हो । उहाँले सम्बन्धित मन्त्रालय र वडाअध्यक्षको तहबाट पनि थोरै भएपनि बजेट पार्न दबाब आएको बताउनु भयो । उहाँले आगामी दिनमा भने प्राथमिकताका क्षेत्र तोकेर बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘सानो सानो बजेट संघबाट भयो भन्नुभएको छ, हो । यसलाई मैले साना–साना नगरौँ नै भनेको । तर छोटो समय । सम्बन्धित मन्त्रालयबाट आएको दबाब । वडाअध्यक्ष समेत हाम्रो वडामा त अलिकति बजेट छ, राख्नुप¥यो भनेर आए । मैले पनि त्यसलाई थेग्नसक्ने अवस्था थिएन । कहाँ कहाँ प्राथमिकताको क्षेत्र छन् हेरेर गर्ने कुरा आगामी दिनमा मिलाउँदै जान्छौँ ।’
मन्त्री महतले परिणाममुखी बजेट ल्याएको ल्याइएको बताउनु भयो । उहाँले बजेटले राजश्वको दायरा बढाउने बताउनु भयो । उहाँले बाह्य निर्भरतालाई कम गर्ने गरी बजेट आएको पनि उल्लेख गर्नुभयो ।
मन्त्री महतले चालु खर्च घटाउन सक्ने अवस्था नभएपनि धेरै बढ्न नदिने कुरामा आफूहरु सरकार सचेत रहेको बताउनु भयो ।