किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी छः अर्थमन्त्री महत | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी छः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताउनुभएको छ ।

बिहीवार अर्थ मन्त्रालयमा नेपाली किसानहरुले अर्थमन्त्रीलाई आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको किसानहरुको टोलीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले अनुदान नपाएको भन्दै उत्पादन हेरेर अनुदान दिने व्यवस्था बजेटले गरेको बताउनु भयो । अर्थमन्त्री महतले सरकारले तरकारीमा कर स्थानीय उत्पादन वृद्धि र संरक्षण गर्नकै लागि लगाएको दाबी गर्नुभयो ।

उहाँले सरकारले आयातित आलु, प्याज रोक्ने र स्थानिय उत्पादनको प्रोत्साहन र सरंक्षण गर्ने मुख्य उद्देश्य रहेको भन्दै बजेट आएपछि स्वार्थ समूहले गलत प्रचार गरिरहेको बताउनु भयो। उहाँले आलु प्याजमा लगाएको करले उपभोक्ता मूल्यमा वृद्धि नहुने उल्टो मूल्य घट्ने बताउनु भयो। उहाँले करको व्यवस्थाले मुलतः आयातित वस्तु मात्रै महँगो हुने भन्दै स्थानीय उत्पादनलाई महँगो नबनाउने बताउनु भयो । अर्थमन्त्री महतले सुपर मार्केटमा त्यही खालका उपभोक्ताहरु पुग्ने भएकाले त्यहाँ कर लगाएको बताउनु भयो । उहाँले सरकारसँग स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न कर लगाउनुको विकल्प नभएकाले कर लगाएको बताउनु भयो। उहाँले तरकारीमा कर लगाउने सरकारको कदम मुलुकलाई आत्मानिर्भर उन्मुख गराउने उद्देश्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ ज्येष्ठ १५ गते संसदमा प्रश्तुत आर्थिक विधेयकमा आलु प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई नै प्रोत्साहन र संरक्षण गर्ने हो । कृषि लगायत अन्य उत्पादक कृषिकलाई एक तहको संरक्षण दिनुपर्छ भन्ने मान्यताका साथ प्रश्तुत गरिएको हो । यो करको व्यवस्थाले मुलतः आयातित वस्तुलाई नै महँगो बनाउँछ । स्थानीय उत्पादनलाई महँगो बनाउँदैन । सुपर मार्केटमा त्यही खालका उपभोक्ताहरु पुग्ने गर्छन् । अहिले दैनिक उपभोग्य खाद्यवस्तु पनि आयात गर्नु पर्ने भन्ने बहस भइरहेको छ । त्यसमा आयातको सट्टा मुलुकभित्रै उत्पादन बढौं । त्यसले रोजगारी पनि सिर्जना पनि हुन्छ । उत्पादनकर्ता पनि उत्साहित हुन्छन् । नेपाल आत्मानिर्भरता तर्फउन्मुख हुन्छौं भनेर प्रश्ताव गरिएको हो । तर यहाँ जो संगठित समूहहरु छन् । उनीहरुको आवाज ठूलो हुन्छ । हरेक तहमा उनीहरु नै पहिला पुग्छन् । धेरैलाई उपभोक्ता मूल्य बढ्ने भयो उपभोक्तालाई मर्का पर्ने भयो भन्ने प्रभावमा परेका छन् । सरकारले उपाय स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने हो । प्रोत्साहन गर्ने धेरै उपायहरु छन् । त्यसमध्ये एउटा कर लगाउनु पनि एउटा उपाय हो। अरु उपायहरु थिएन । सरकारले कृषि क्षेत्रमा दिने अर्बौंंको अनुदानको सदुपयोग भएन । दुरुपयोग भयो । कागज देखाएर मात्रै अनुदान लिएका थिए अब त्यसरी हुँदैन । उत्पादनमा नै अनुदान दिने हो । त्यसमा पनि नयाँ टेक्नोलोजी प्रयोग गरिरहेको छ । उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी छ ।’

उहाँले सरकारले नयाँ टेक्नोलोजी प्रयोग गर्ने कृषकहरुलाई प्राथमिकतामा राखेर उत्पादन अनुदान दिने बताउनु भयो। उहाँले नेपाली किसानहरुले ढुक्क भएर उत्पादन बढाउन आग्रह गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);