शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन रवि लामिछानेको माग | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन रवि लामिछानेको माग

काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेको छ । बुधवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गर्नुभएको हो । उहाँले अहिले भइरहेको छानबिनले जनताले चाहेको जस्तो नतिजा दिन नसक्ने भन्दै छानबिनका लागि संसदले विशेष समिति बनाउनुपर्ने बताउनु भयो । उहाँले यस प्रकरणमा नाम आएकाहरु सबैसँग सोधपुछ नभएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले नाम मुछिएकाहरु सबैसँग बयान लिन पनि माग गर्नुभयो ।

उहाँले भन्नुभयो –‘भ्रष्टाचारको विषयलाई लिएर हामीले बारम्बार कुरा उठाउँदै आइरहेका थियौँ । तीन राजनीतिक दलहरु खुसुर खुसुर बसेको कुरालाई लिएर आशंका व्यक्त गर्दै आइरहेका थियौँ । आज कुनै राजनीतिक दल बाँकी रहेको छैन जसलाई आरोप लाग्न बाँकी रहेको होस् । त्यतिमात्र होइन, राज्यका निकायहरुको नाम यसरी आइरहेको छ, अनुसन्धान गर्ने अधिकारी, त्यसका प्रमुखहरुको नाम आइरहेको छ । यस्तो अवस्थामा यो कुनै अध्याँरो कोठामा, कुनै गल्लीमा भएको क्रियाकलाप छैन । दिउँसै, दिन दहाडै, दिनको उज्यालोमा, प्रधानमन्त्री कार्यालय बालुवाटारमा, मन्त्री क्वाटरमा, मन्त्री बस्ने सिंहदरबारमा लेनदेन भएको यस्ता विषयहरु आइरहेका छन् । यहाँ मुछिएका मान्छेहरु हेर्नुस् । यो राज्यमा हामीले कसलाई विश्वास गर्ने ? त्यसकारणले विश्वासको वातावरण बन्द भएको छ । यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ । जुन जुन निकायहरु यसमा लागि परेका छन्, कसैको पनि विश्वास गर्ने वातावरण नभएको हुनाले सभामुखमार्फत यो अनुरोध गर्न चाहन्छु, ज–जसको नाम आएको छ तिनलाई छानविनको सम्म दायरामा ल्याउनु नहुने, सोधपुछ सम्म गर्नु नहुने गरी किन डराएको ? गृहमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । उहाँको मुटु कहाँ गएर चेक गर्ने ? उहाँको मुटु कति दह्रो छ भन्नेकुरा हामीले देखेका छौँ । हरेक नाम आएको मानिसलाई सोधपुछ हुनुप¥यो । उनलाई कारबाहीको दायरामा ल्याउनुप¥यो । खुट्टा कमाउनु भएन । हाम्रा हकमा, आम नागरिकका हकमा, बयान दिन आउँछु भन्दाभन्दै धरपकट गरेर लिएर गएको इतिहास छ । न्युज रुमबाट समातिएको मान्छे म यहीँ छु । मान्छेले अडियो दिएका छन् । प्रहरी प्रमुखले अडियो सही हो भनेका छन् । एक पटक सोधपुछका लागि बोलाउन नहुने को हो उहाँहरु ? यत्रो ठूलो अन्तर्राष्ट्रिय बेइजत भएको अवस्थामा यो कदापी हुन दिँदैनौ । यो छानबिनले नेपाली जनताले चाहेको जस्तो नतिजा दिन सक्दैन । संसदले विशेष समिति बनाउनुपर्छ । म अनुरोध र माग गर्न चाहन्छु ।’

उहाँले प्रकरणमा नाम मुछिएकाहरुलाई छानबिन गर्न सरकारले खुट्टा कमाएको भन्दै खुट्टा नकमाउन आग्रह गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);