सुरु भयो ‘सम्पदा यात्रा’ | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

सुरु भयो ‘सम्पदा यात्रा’

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारदेखि ‘सम्पदा यात्रा’ बस सेवा सञ्चालनमा आएको छ ।

काठमाडौं उपत्यकाका सम्पदाहरूको अवलोकन गराउने उद्देश्यसहित मंगलवारबाट सम्पदा यात्रा बस सेवा सञ्चालनमा आएको हो । ललितपुरको पुलचोकमा एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सम्पदा यात्रा बस सेवा सुरु गर्नुभएको हो । उहाँले भाडा निर्धारण गर्ने काम सम्पन्न नभएका कारण एक हप्ताका लागि सेवा निःशुल्क सञ्चालन गरिने जानकारी दिनुभयो । सम्पदा यात्रा बस सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता र चेतना अगाडि गए पनि ऐन–कानून धेरै पछि रहेको मन्त्री किराँतीको भनाइ थियो ।

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले प्रदुषणमुक्त शहर बनाउने प्रयासअन्तर्गत महानगरपालिकाले अबदेखि विद्युतीय गाडीमात्रै खरिद गर्ने जानकारी दिनुभयो ।

सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक २ वटा विद्युतीय बसहरु चल्नेछन् । बस सेवा तत्काका लागि बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म हुनेछ । परीक्षणका रुपमा पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म घुम्ती सेवा सञ्चालन हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);