काठमाडौं,२३ पुष । प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न मन्त्रालय, राष्ट्रिय पुननिर्माण प्राधिकरणसम्मले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नटेरेको पाईएको छ ।
प्रधानमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालय र कार्यालयहरुले आयोगले पठाएका विविध शीर्षकका निर्णयमाथि छलफल गराई कार्यान्वयन गर्न ढिलासुस्ती गरेका हुन् ।
आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयले प्रधानमन्त्रीको कार्यालय, मन्त्रालय तथा प्राधिकरणसहित निर्वाचन आयोग, महालेखा नियन्त्रकको कार्यालय, महालेखा परिक्षकको कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, लोकसोवा आयोग , नेपाल ट्रष्टको कार्यालय, राष्ट्रि पुननिर्माण प्राधिकरणलगायतले निर्णय कान्वयनमा ढिलाई गरेका हुन् ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।