लडाकु शिविर घोटालामा प्रचण्डमाथि एमालेले औंला ठड्यायो | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

लडाकु शिविर घोटालामा प्रचण्डमाथि एमालेले औंला ठड्यायो

काठमाडौं । नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले नक्कली भुटानी शरणार्थी प्रकरण नयाँ विषय नभएको बताउनु भएको छ ।

उहाँले एमालेले सोही विषय यस अघि नै राष्ट्रिय सभा बैठकमा उठाएको भन्दै स्मरण गराउनु भयो । उहाँले एमाले भ्रष्टाचार र अनियमिततालाई छानबिनको दायरामा ल्याउनुपर्छ भन्ने पक्षमा रहेको भन्दै सुशासनको पक्षमा दृढतापूर्वक उभिएको बताउनु भयो ।

उहाँले वाइडबडी काण्ड, बासबारी जग्गा घोटाला काण्ड, मातातीर्थ जग्गा काण्ड, लडाकु शिविरको घोटाला, बजेट निर्माणमा अनाधिकृत व्यक्तिहरुको प्रवेश लगायतको विषयमा पनि छानविन गर्न प्रधानमन्त्रीलाई चुनौति दिनुभयो ।

एमाले सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको सत्ता पक्षीय व्यक्तिहरुलाई उन्मुक्ति दिने दुषित मनशाय देखिएको बताउनु भयो । उहाँले आरोपितहरुको बयान लुकाउन लागिएको भन्दै छानबिन पारदर्शी तरिकाले छानबिन गर्न माग गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);