अविलम्व प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलन गर्ने बार अध्यक्ष घिमिरेको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

अविलम्व प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलन गर्ने बार अध्यक्ष घिमिरेको चेतावनी

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएशनले तेस्रो दिन पनि बिरोध प्रदर्शन गरेको छ ।

मंगलवार पनि नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै बिरोध प्रदर्शन गरको हो । प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अविलम्व प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिनुभयो । उहाँले आन्दोलन एक हप्तासम्म जारी रहने बताउनु भयो ।

कानून व्यवसायीहरुले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्व गर, सर्वोच्च अदालत र सबै अदालतहरुमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);