सुरक्षाविज्ञ इन्द्रजीत राई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८१, मंगलबार

सुरक्षाविज्ञ इन्द्रजीत राई पक्राउ

काठमाडौं, १९ वैशाख । सुरक्षाविज्ञ इन्द्रजीत राई पक्राउ परेका छन् । उनलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँगको संलग्नताको आरोपमा पक्राउ गरिएको हो ।

राईलाई मंगलवार विहान ललितपुरको सुनाकोठीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले पुष्टि गरे । उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

राईसँग सुरक्षाविज्ञका रुपमा विभिन्न निकायमा काम गरिसकेको अनुभव छ । उनी रामबहादुर थापा गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकारमा नियुक्त भएका थिए ।
विगतमा माओवादीका कटु आलोचक राई पछि माओवादीसँगै निकट भएका थिए ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहले विभिन्न व्यक्तिहरुबाट ३ हरोड २४ लाख रुपैयाँ ठगी गरेको आरोप छ । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाका स्वकीय सचिव रहिसकेका केशव दुलाल पक्राउ परिसकेका छन् ।

सांसद टोपबहादुर रायमाझी पनि यो प्रकरणमा जोडिएका छन् । उनीहरु सबैमाथि छानविन भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);