'भर नभएको जीन्दगी' भन्दै रम्थिन् नीरा | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८१, सोमबार

‘भर नभएको जीन्दगी’ भन्दै रम्थिन् नीरा

काठमाडौं, १७ वैशाख । कपनमा वैशाख ७ मा हत्या गरिएकी नीरा पाण्डेको रहर धेरै थिए । उनी निकै हाँसखेल गर्ने र रमाउने स्वभावकी थिइन् । त्यसैले सामाजिक सञ्जालमा आफ्ना जीवनका खुशियाली पोष्ट गरिहाल्थिन् । लगाएको र रमेको तस्बिर पनि राख्थिन् ।

नीराले एउटा टिकटक भिडियो पोष्ट गरेकी थिइन् जसमा उनी निकै रमाइलो गर्दै मच्चिइरहेकी छिन् र पृष्ठभूमिमा सुन्दर उपत्यका देखिन्छ । उनले लेखेकी छिन्ः भर नभएको जीन्दगीमा रहर भने कति हो कति ।

उनका रहर अब रहेनन् । सुनको सिक्रीका लागि उनको हत्या भयो । त्यो पनि कपनस्थित आफ्नै पसलमा ।

हत्याका अभियुक्त विनोद विक झापाबाट पक्राउ परिसकेका छन् । उनले बयानमा मात्र सुनको सिक्रीका लागि हत्या गरेको भनेका छन् । तर, हत्याको अनुसन्धान चलिनै रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);