रोल्पाबासीले रुकुम र कर्णालीको डोल्पा जोड्ने सहिद मार्गबाट प्रत्यक्ष लाभ लिए | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

रोल्पाबासीले रुकुम र कर्णालीको डोल्पा जोड्ने सहिद मार्गबाट प्रत्यक्ष लाभ लिए

दाङ, २१ पुष । घोराही र रोल्पाको मध्यभाग हुँदै, रुकुम र कर्णालीको डोल्पा जोड्ने सहिद मार्गबाट पश्चिम रोल्पाबासीले प्रत्यक्ष लाभ लिएका छन् । दाङको घोराही, रोल्पाको होलेरी, तिला, घर्तीगाउँ हुँदै, रुकुम र कर्णालीको डोल्पा पु¥याउने लक्ष्यसहित निर्माण गरिएको सहिदमार्ग सडक आयोजनाले रोल्पालीको जीवनस्तरमा सकारात्मक प्रभाव पारेको हो ।

सहिद मार्गका कारण रोल्पाका ६० प्रतिशतभन्दा बढी जनता प्रत्यक्ष लाभान्वित भएका छन् । सडक सञ्चालनमा आएपछि अन्नबाली, तरकारी र पशुपन्छी किनबेच गर्न सहज भएको स्थानीयले बताएका छन् ।

करिब एक अर्ब लगानी भइसकेको सहिदमार्गको कालेपत्रे र स्तरोन्नति गर्नतर्फ सम्बन्धित निकायले गरेको ढिलासुस्तीप्रति स्थानीय असन्तुष्ट बनेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);