काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैज्ञानिक अभियन्ता महावीर पुनको आन्दोलनमा सहभागी भई ऐक्यबद्धता जनाएको छ ।
‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ मा पुगेर रास्वापाका सभापति रवि लामिछानेले रास्वापाले यस आन्दोलनका मागलाई संसदमा जोडदार रुपमा उठाउने प्रतिवद्दता व्यक्त गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रको विविध शीर्षक अन्तर्गत बुँदा नं. ३ मा राष्ट्रको १ प्रतिशत बजेट नवीन अध्ययन , अनुसन्धान तथा विकासका लागि छुट्याइने छ’ भनी उल्लेख गरिएको जानकारी दिदै पार्टी उपसभापति डी.पी अर्यालले उक्त आन्दोलनमा आफुहरुको समर्थन रहेको बताउनुभयो । ‘हामीले यस विषयमा हरसम्भव सहयोग गर्ने छौं,’लामिछानेले भने ।
पुन नेतृत्वको टोली दुई दिन देखि माइतिघरमा आन्दोलनरत छ ।




