काठमाडौं महानगरलाई सर्वोच्चको आदेश– सिंहदरबार, शितलनिवास र बालुवाटारको फोहोर तत्काल उठाउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

काठमाडौं महानगरलाई सर्वोच्चको आदेश– सिंहदरबार, शितलनिवास र बालुवाटारको फोहोर तत्काल उठाउ

काठमाडौं । सिंहदरबार भित्रको फोहोर ३ दिनभित्र उठाउन सर्वोच्च अदालतले काठमाडौं महानगरलाई आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सिंहदरबार, राष्ट्रपति भवन र प्रधानमन्त्री निवासको फोहोर तीन दिनभित्र उठाउन आदेश दिएको हो।

सिंहदरबारजस्तो कैयौँ सेवाग्राही आउने ठाउँमा फोहोर विसर्जन नगर्दा प्रत्यक्ष रूपमा नागरिकको स्वस्थ र जीवनमा असर पर्ने आदेशमा उल्लेख छ ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरको सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरको निर्णयविरुद्ध सर्वोच्चमा रिद दिएका थिए ।

केन्द्र सरकारले स्थानीय तहलाई सहयोग नगरेको भन्दै बालेनले सिंहदरबार, राष्ट्रपति भवन र प्रधानमन्त्री निवासको फोहोर नउठाउ निर्देशन दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);