काठमाडौं, ७ वैशाख । दाङमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । घोराही उपमहानगरपालिका–१२ रतनपुरकी ४० वर्षीया शारदा केसीको शव गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
केसीको शव उनको घर नजिकै भेटिएको हो । उनका श्रीमान भने फरार भएका छन् । पत्नीको हत्या गरी गाडेर पति फरार भएको प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।