नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न माग | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य अनिता देवीले नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गरेर नागरिकता बिहीन नेपाली बाबुआमाका सन्तानलाई नागरिकता दिनुपर्ने बताउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद देवीले संसदबाट नागरिकता विधेयक पारित हुन नसकेको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले नेपाली नागरिकका सन्तान नै नागरिकताबिहीन हुनुपर्दा आफूले पाउने अधिकारबाट वञ्चित हुनुपरेको भन्दै संसदबाट नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै विशेष समयमा बोल्दै प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले सरकारले कृषिमा दिने अनुदान वास्तविक किसानले पाउन नसकेका बताउनु भयो । उहाँले झोलामा खेती गर्नेहरुले मात्रै अनुदान पाइरहेका बताउनु भयो ।

उहाँले झोलामा खेती गर्ने प्रवृत्तिलाई रोक्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);