मैले सर्वेन्द्रलाई भनेको छु– ‘इमोसनल’ कुरा भन्दा पनि हल्ला कम जनताका कुरा बढी सुनौं | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

मैले सर्वेन्द्रलाई भनेको छु– ‘इमोसनल’ कुरा भन्दा पनि हल्ला कम जनताका कुरा बढी सुनौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तनहुँका रास्वपाका उम्मेद्वार डा.स्वर्णिम वाग्ले प्रति व्याङ्ग्य गर्दै जनता समक्ष ‘इमोसनल’ कुरा भन्दा पनि आफ्ना एजेण्डाहरु राख्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा एमालेका उम्मेद्वार सर्वेन्द्र खनालको तस्विर राख्दै ओलीले खनाललाई ‘इमोसनल’ कुरा भन्दा पनि जनतामा आफ्ना एजेण्डाहरु राख्न आग्रह गरेको लेख्दै वाग्लेप्रति व्याङ्ग्य गरेका हुन् ।

साथै, ओलीले लेखेका छन्– मैले हाम्रो पार्टीका उम्मेदवार सर्वेन्द्रजीलाई पनि भनेको छु– यो केही दिन हल्लाखल्ला गर्ने र चुनाव जित्ने विषय मात्रै भयो भने त्यसले जनतालाई फाइदा गर्दैन । तसर्थ हामी आफ्नो कुरा गर्ने भन्दा धेरै जनताका कुरा सुनौं, धेरै भन्दा धेरै युवा मतदाताको सहभागितामा रचनात्मक कार्यक्रमहरु गरौं ।

वैशाख १० गते हुने उप–चुनावका लागि दलहरुले प्रचारप्रसारलाई तिब्र पारेका छन् । मंसिर ४ को निर्वाचनको गणित हेर्दा तनहुँमा अन्य दल भन्दा एमाले कमजोर देखिन्छ ।

 

Leave a Reply