नागरिकता विधेयकमा सहमतिको प्रयास जारी छः मन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

नागरिकता विधेयकमा सहमतिको प्रयास जारी छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकता विधेयकमा सहमतिको प्रयास भइरहेको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले नागरिकता विधेयकमा राजनीतिक दलहरुका बीचमा सहमतिको प्रयास भइरहेको बताउनुभएको हो ।

उहाँले नागरिकता विधेयक छिटोभन्दा छिटो ल्याउन सरकारको प्राथमिकतामा परेपनि सहमति खोज्ने प्रयास हुँदा समय लागेको बताउनु भयो । विगतका समस्या नदोहो¥याउन सहमतिको लागि प्रयास गरिएको उहाँको भनाई छ ।

उहाँले न्युनतम साझा कार्यक्रमलाई कार्यान्वनय गर्नका लागि सरकारले आफ्ना सबै निकायहरुलाई सक्रिय पार्ने पनि बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);