तनहुँ–१ मा ९ जनाको उम्मेदवारी कायम | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८१, शनिबार

तनहुँ–१ मा ९ जनाको उम्मेदवारी कायम

काठमाडौं,२४ चैत्र । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ १ मा ९ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन आयोगले तोकेको समयभित्र सोमबार ९ जनाले उम्मेदवारी दर्ता गराएकोमा कसैले पनि फिर्ता नलिएपछि सबैजनाको उम्मेदवारी कायम भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँको अनुसार नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अर्थविद् डा. स्वर्णिम वाग्ले लगायतले उम्मेदवारी दिएका छन् ।

भट्टराईलाई नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतको समर्थन रहेको छ । रास्वपाका वाग्लेलाई विवेकशील साझा पार्टीले समर्थन गर्ने बुझिएको छ । नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी समाजवादीका गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङ र नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनारले उम्मेदवारी दिएका छन् ।

सो क्षेत्रमा गत मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित सांसद कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्र सांसदविहिन भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);