काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ ।
उनीविरूद्ध परेका तीन वटा उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ । तर, एउटा मुद्दामा भने रविलाई स्पष्टीकरण सोधिएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।
लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई पुनः नागरिकता प्राप्ति गरेको भन्दै युवराज पौडेल सफलले उजुरी दिएका थिए । उक्त उजुरीबारे लामिछानेसँग सात दिने स्पष्टीकरण सोधिएको हो ।