राजनीति

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, १६ चैत्र । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । आजको बैठक बिहान ११ः०१ मिनेटमा शुरु हुनेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८/०७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८/०७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९, आदिवासी जनजाती आयोगको तेस्रो वार्षिक प्रतिवेदन, २०७८/०७९ पेस गर्ने, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा रावल (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, सांसद वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

Related Post
Share

This website uses cookies.