काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपतिको उम्मेदवारलगायत बारे छलफल गर्न बैठक बोलाएको छ । आठदलिय गठबन्धनमा भएको नयाँ भागवण्डाअनुसार जसपाले उपराष्ट्रपति पद पाउने सहमति भएको थियो । उम्मेदवार चयन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।
बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने जनाइएको छ । आज राष्ट्रपतिको निर्वाचन हुँदैछ । उपराष्ट्रपति पदको निर्वाचन आगामी चैत्र ३ गते हुनेछ । जसपाका संघीय सांसद १४ र प्रदेशसभा सदस्य २२ गरी ३६ मतदाता रहेका छन् ।