पूर्व कुमारी समिता बज्राचार्य राजावादी दल राप्रपामा | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

पूर्व कुमारी समिता बज्राचार्य राजावादी दल राप्रपामा

काठमाडौं, २० फागुन । पूर्व कुमारी समिता बज्राचार्य राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा सक्रिय भएकी छिन् । सन् २०६७ देखि २०७१ सम्म जिवित देवीका रुपमा पुजिएकी उनले राप्रपामा प्रवेश गरेको जानकारी गराएकी हुन् ।

शुक्रवार सामाजिक सञ्जाल फेसबुकमार्फत् समिताले आफूले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट पार्टी सदस्यता लिएको तस्बिरसहित जानकारी गराएकी छिन् ।

समिता बज्राचार्यले लेखेकी छिन्ः म पूर्व जिवित देवी कुमारी, मिस मंगोल २०२१ को सांस्कृतिक दूत, मिसन नेसंनल २०२२, शरोदवादक, मेक अप आर्टिस्ट, फेसन कोरियोग्राफी, करोकी इन्टरटेनमेन्टको म्यानेजर हुँ । सबैलाई थाहा नै छ कुमारी राष्ट्रको रक्षक हुन् त्यसैले मलाई देशको सेवा गर्ने चाहना भएकाले राष्ट्रिय प्रजातन्त्र पार्टीमा जोडिएर राष्ट्रप्रति समर्पित राजनीतिज्ञ हुने चाहना छ ।

समिताले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत केन्द्रीय सदस्य दिपक रञ्जितलाई पनि धन्यवाद दिएकी छिन् । काठमाडौंकी समिता बहुमुखी प्रतिभाकी धनी हुन् ।

कुमारीलाई जिवित देवीका रुपमा पूजा गरिन्छ । यसको चयनको विशेष प्रक्रिया छ । रजश्वला नहुँदा सम्म कुमारीलाई कुमारी घरमै राखिन्छ । नेपालका राष्ट्रपतिले पनि कुमारीको पूजा गर्ने प्रचलन छ । राजसंस्था हुँदा राजा स्वयं हनुमानढोका दरबारस्थित कुमारी घरमा पुगेर कुमारीलाई देवीको रुपमा पूजा गर्दथे ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);